२०८२ असोज २६ गते आइतवार

मेरो सन्तान भएन भनेर अव चिन्ता गर्नु पर्दैन !

दाङको घोराहीमा करिब चार महिना अघि सञ्चालनमा आएको शिशु निःसन्तानपन उपचार केन्द्र निःसन्तान दम्पतीहरूका लागि आशाको केन्द्र बनेको छ । केन्द्रले औषधी उपचारदेखि आधुनिक प्रविधि मार्फत गरिएको उपचारबाट सफल नतिजा दिइरहेको छ । समाजमा अझै पनि निःसन्तान दम्पतीप्रति नकारात्मक दृष्टिकोण रहे पनि क्रमशः सोचमा परिवर्तन आइरहेको क्लिनिकको भनाइ छ । यसै विषयमा केन्द्रित रहेर शिशु निःसन्तानपन उपचार केन्द्र घोराहीका संचालक विज्ञान भण्डारीसंग गरिएको सारसंक्षेप कुराकानी ।  

यहाँलाई स्वागत छ ।
धन्यवाद छ ।
दाङको घोराहीमा शिशु निसन्तानपन उपचार केन्द्र सञ्चालनमा आएको कति भयो ? 
करिब चार महिना हुन थाल्यो ।
शिशु निसन्तानपन उपचार केन्द्र खोल्नुको उद्देश्य के हो ?
नेपालमा जो निःसन्तान दम्पतीले सन्तान प्राप्तिको सपना लिइरहनु भएको छ । उहाँहरूलाई सन्तान प्राप्तिको सपनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नै हामीले यो क्लिनिक सञ्चालन गरेका हौँ ।
निःसन्तान पनका उपचार पद्धति के कस्ता छन् ?
सर्वप्रथम त निसन्तानपन दम्पतीहरूको समस्या के छ  र कहाँनेर समस्या हो, त्यसको पहिचान गरेर सामान्य देखि नवीनतम् प्रविधिको प्रयोग गरेर उपचार गर्ने गरिन्छ । हामीहरूले औषधीको प्रयोग, आई.यु.आई, आई. भि. एफ, इस्की उपचार पद्धतिहरू अपनाउने गरेका छौ । जसका कारण यसले राम्रो नतिजा आइरहेको छ ।

निःसन्तानपनलाई समाजले कसरी लिन्छ ?
निःसन्तानपनलाई समाजले एकदमै फरक दृष्टिकोणले लिने र हेर्ने गर्दछ । बाझो र बाझीको संज्ञा दिएर यिनीहरुको सन्तान हुँदैन अब के हुने होला ? यिनीहरूको सम्पत्तिको अधिकार दाइभाइ त होलान् भनी हेपाहाका रुपमा लिदैँ आएतापनि अब विस्तारै यो सोचाई भने परिवर्तन भएको समाजमा देख्न सकिन्छ ।

निःसन्तानपन सँग जोडिएका नैतिक सवालहरू के के छन् ?
निःसन्तानपन सँग जोडिएका नैतिक सवालहरुमा मानसिक पीडाको सवाल त छदैँछ । त्यसमा पनि पारीवारिक र सामाजिक पीडा थपिएको छ । निःसन्तानपन दम्पतीले के हामी बाबा आमा बन्न सक्दैनौँ त ? हामी अभागी रहेछौँ । म आमा बन्न सक्दिन रहेछु । म सबैका लागि बोझ मात्र भएछु । मलाई घर परिवार, साथीभाइ, इष्टमित्रहरुले के भन्लान् ? के यसको समाधान गर्ने उपचार पद्धति छैन त ? भन्ने खालका नैतिक सवालहरु आउँछन् त्यतिकैमा परिवारमा थप अर्को विहे गरे त सन्तान भैहाल्छ नि भन्ने पीडासँगै समाजले यो त बाँझो यो त बाँझीहो भन्ने खालका नैतिक सवालहरू देखिन्छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया