२०८३ कार्तिक ११ गते मङ्गलवार

अमेरिकाले अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन

काठमाडौं, २५ जेठ ।  अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गरेका फक्स न्यूजले जनाएको छ । त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरू हकीम जेफ्रीज, करेन बास, टिम वाल्ज र मिशेल वू—ले आईसीईमाथि नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ ।

आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीहरूमाथि आक्रमण बढेको र केहीको परिवारलाई समेत लक्षित गरिएको खबरमा उल्लेख छ । आप्रवासन तथा भन्सार प्रवर्तन विभागले पक्राउ परेका व्यक्तिमध्ये पाँच जना गिरोह सदस्यसहित लागूपदार्थ तस्करी, घरेलु हिंसा, र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । गृह सुरक्षा विभागलले हिंसा अन्त्य गर्न नेताहरूलाई संयमित अभिव्यक्ति दिन आग्रह समेत गरेको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।