२०८३ भाद्र १४ गते आइतवार

तुलसीपुरमा आफ्नै घरको भ¥याङबाट लडेर एक महिला घाइते

तुलसीपुर, १८ जेठ ।  दाङको तुलसीपुरमा आफ्नै घरको भ¥याङबाट लडेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–१७ मज्गै निवासी ३० बर्षीया जुनकिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आफ्नै घरको भान्सा कोठाबाट अर्को कोठामा झर्ने क्रममा आज बिहान ८ बजेको समयमा भ¥याङबाट लड्न जादा उहाँ घाइते हुनुभएको हो ।

घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ । घाइतेको टाउको र ढाडमा चोट लागेको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।