तुुलसीपुर, ११ बैशाख । पश्चिम दाङमा घोडाले लात्ती प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–५ बबरपुर निवासी १८ बर्षीय योगेश सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो बुधबार दिउँसो २ बजेको समयमा बाटोमा हिडिरहेको अवस्थामा स्थानिय झगबिर वलीको घोडाले एक्कासी उहाँको कोखामा पछाडीबाट लात्तीले हानेको हो ।
घोडाको लात्ती प्रहारबाट गम्भिर घाइते भएका युवकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएकोमा उपचारकै क्रममा गएराती पौने ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।