२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा स्कुटी दुर्घटना हुदा ३ जना घाइते

तुलसीपुर, ११ चैत ।  दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक तुलसीपुर–४ निवासी १९ बर्षीया यमुना केसी, पछाडी सवार सोही ठाँउकी १८ बर्षीया अनिशा बिष्ट र पैदल यात्री तुलसीपुर–७ शिवनगर निवासी २२ बर्षीया पविता शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रक्षाचौरबाट तुलसीपुर बजारतर्फ आउदै गरेको लु.प्र. ०२–००१ प १८१४ नम्बरको स्कुटीले आज बिहान ६ बजेको समयमा पैदल हिडिरहेकी शर्मालाई सल्यान रोड गोदाम घर नजिकै ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तिनैजनाको अवस्था सामान्य रहेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।