२०८३ कार्तिक १२ गते बुधवार

गाडी दुर्घटनामा परी २ सय १ जनाको मृत्यु

काठमाडौं, ६ चैत ।  फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा ४ हजार २ सय ८९ वटा गाडी दुर्घटना हुँदा २ सय एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् । फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् । यस्तै, तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय नौ, बस एक सय ८६, टेम्पो दुई सय ६ वटा दुर्घटनामा परेका छन् । २ सय ५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।