२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा घरको २ तला माथीबाट खस्दा एक बालक गम्भिर घाइते

तुलसीपुर, ५ चैत ।  दाङको तुलसीपुरमा घरको २ तला माथीबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई अहिले तुलसीपुर–९ बेलुवामा रहेको रुद्रबिर डाँगीको घरमा अण्टि नाता पर्ने फुपुको छोरीसँग कोठा भाडामा बस्दै आएका १० बर्षीय जनक खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरको छतमा खेल्ने क्रममा हिजो सोमबार साँझ साढे ७ बजेको समयमा २ तला माथीबाट खस्ता उनी गम्भिर घाइते भएका हुन् । घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनााएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।