२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते, एकजना गम्भिर

तुलसीपुर, २३ फागुन । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उप–महानगरपालिका–१ भम्के निवासी ५६ बर्षीय नेत्रलाल पौडेल, राजपुर गाउँपासिलका–७ निवासी ५० बर्षीय पर्शुराम शाहु र सोही ठाउँकी ३५ बर्षीया नन्दा पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट सितलपुरतर्फ जादै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल तुलसीपुर–११ उरहरी नजिकै आज बिहान सवा ११ बजेको समयमा आपसमा ठोक्किदा रा ३ प २५३४ नम्बरका मोटरसाइकल चालक नेत्रलाल पौडेल र रा २ प ५२८४ नम्बरका मोटरसाइकल चालक पर्शुराम शाहुसहित सोही मोटरसाइकलमा पछाडी सवार नन्दा पुन घाइते भएका हुन् । घाइते मध्य पर्शुराम शाहुको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र अन्य दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।