२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

दाङ, २३ फागुन ।  दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय गणेश चौधरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकलमा रहेका ४२ वर्षीय सन्तबहादुर चौधरीलाई पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।