२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा जंगली भेरीको टोकाईबाट ५ जना गम्भिर विरामी

तुलसीपुर, ३ फागुन ।  दाङको तुलसीपुरमा जंगली भेरीको टोकाईबाट ५ जना विरामी भएका छन् । विरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी भिम बहादुर बुढाकी श्रीमती २३ बर्षीया भिमा बुढा उहाँकी जेठी श्रीमतीका छोरा ११ बर्षीय बिवश बुढा, सोही ठाँउकै २८ बर्षीया सिता गिरी, उहाँकी ९ बर्षीया छोरी आयुसा गिरी र ५ बर्षीय छोरा आयुस गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज दिउँसो १२ बजेको समयमा खेतमा पानी सिचाई गर्ने क्रममा ठुलो संख्यामा जंगली भेरीले उनीहरुलाई टोकेको हो । भेरीको टोकाईबाट विरामी परेका ५ जना मध्य भिमाका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।