२०८३ कार्तिक १० गते सोमवार

दाङका सञ्चारकर्मी महिलाहरु योजना सहित एकीकृत हुँदै

तुलसीपुर, २६ माघ ।दाङमा सञ्चारकर्मी महिलालाई एकीकृत गर्ने उद्देश्यले गठन भएको सञ्चारकर्मी महिला समुहको बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । सञ्चारकर्मी महिला समुहको संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णय भएका छन् । समुहले स्थानिय र प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न सीपमूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको छ । आजको बैठकबाट सञ्चारकर्मी महिलालाई दिगो रुपमा एकीकृत गर्ने लक्ष्यसहित बचत संकलन सुरु भएको छ ।

बैठकबाट समुहका २१ जना सदस्यहरुले मासिक रुपमा बचत संकलन गर्न सुरु गरेका छन् भने आगामी दिनमा समुहमा आवद्ध हुने सञ्चारकर्मी महिलाहरुलाई पनि समावेश गर्ने निर्णय भएको छ । बैठकले सञ्चारकर्मी महिला समुह दाङको नाममा साझेदारी बचत तथा ऋण सहकारी संस्था घोराहीमा समुहका संयोजक लक्ष्मी आचार्य, सचिव दिप्तीशिखा चौधरी र कोषाध्यक्ष रोषनी मल्ल रहने गरी खाता खोल्ने निर्णय भएको छ । बैठकमा बसिसकेपछि केही नयाँ कुराहरुको जानकारी हुने उद्देश्यले समुहको आगामी बैठकहरु बस्दा विषयगत छलफल सहित संचालन गर्ने निर्णय भएको छ । यसैगरी समसामयिक विषयमा पत्रकार सम्मेलन, संवाद, अन्तक्रिया, गोष्ठी,छलफल गर्ने, आगामी चैत्र मसान्तसम्म माघ महिनाको बचत लिइ समुहमा आवद्ध गर्ने र बैशाखदेखि प्रवेश शुल्क थप गरेर समुहमा आवद्ध गर्ने निर्णय  पनि भएको छ ।।

 
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।