तुलसीपुर, २६ माघ ।दाङमा सञ्चारकर्मी महिलालाई एकीकृत गर्ने उद्देश्यले गठन भएको सञ्चारकर्मी महिला समुहको बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । सञ्चारकर्मी महिला समुहको संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णय भएका छन् । समुहले स्थानिय र प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न सीपमूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको छ । आजको बैठकबाट सञ्चारकर्मी महिलालाई दिगो रुपमा एकीकृत गर्ने लक्ष्यसहित बचत संकलन सुरु भएको छ ।
बैठकबाट समुहका २१ जना सदस्यहरुले मासिक रुपमा बचत संकलन गर्न सुरु गरेका छन् भने आगामी दिनमा समुहमा आवद्ध हुने सञ्चारकर्मी महिलाहरुलाई पनि समावेश गर्ने निर्णय भएको छ । बैठकले सञ्चारकर्मी महिला समुह दाङको नाममा साझेदारी बचत तथा ऋण सहकारी संस्था घोराहीमा समुहका संयोजक लक्ष्मी आचार्य, सचिव दिप्तीशिखा चौधरी र कोषाध्यक्ष रोषनी मल्ल रहने गरी खाता खोल्ने निर्णय भएको छ । बैठकमा बसिसकेपछि केही नयाँ कुराहरुको जानकारी हुने उद्देश्यले समुहको आगामी बैठकहरु बस्दा विषयगत छलफल सहित संचालन गर्ने निर्णय भएको छ । यसैगरी समसामयिक विषयमा पत्रकार सम्मेलन, संवाद, अन्तक्रिया, गोष्ठी,छलफल गर्ने, आगामी चैत्र मसान्तसम्म माघ महिनाको बचत लिइ समुहमा आवद्ध गर्ने र बैशाखदेखि प्रवेश शुल्क थप गरेर समुहमा आवद्ध गर्ने निर्णय पनि भएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।