२०८३ कार्तिक ११ गते मङ्गलवार

क्षतिपूर्तिको माग गर्दै तुलसीपुरमा आन्दोलन

तुलसीपुर, २५ पुष । दाङको तुलसीपुर बसपार्कमा बुधबार बसको ठक्करबाट मृत्यु भएकी तिर्सना घर्ती मगरको आफन्तहरु उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बसको ठक्करबाट उहाँको मृत्यु भएपछि आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै आन्दोलन गरेपछि अहिले तुलसीपुर बजार तनावग्रस्त बनेको छ । तुलसीपुर बजार बन्द गर्नुका साथै ठाउँ ठाउँमा टायर बालेर विरोध गरेका छन् । हिजो विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर–५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ति मगरको मृत्यु भएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उपचारकै क्रममा सवा २ बजेतिर मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक तुलसीपुर–६ का ४२ वर्षका खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर मृतकका परिवारजनले यातायात समिति र प्रहरीसँग सहमती जुट्न नसकेपछि आन्दोलन गर्न थालेका हुन् ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।