तुलसीपुर, १४ पुष । दाङको तुलसीपुरमा हुने माघ महोत्सवको तयारी तिब्र पारिएको छ । थारु कल्याणकारीणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भुह्याँर थान तुलसीपुर ५ जबरपुरको संयुक्त आयोजना तथा महटवा महासंघ तुलसीपुरको सहआयोजनामा थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा संरक्षण र सम्बद्र्धनका लागि थारु माघ महोत्सव हुदै छ । महोत्सव तुलसीपुर– ५ जबरपुरमा रहेको नमुना भुइँह्यार थानको प्राङ्गणमा हुने छ । त्यसको लागी पुस २२ गतेसम्म नाच दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
नमुना भूइँह्यार थानमा शनिबार बसेको बैठकले पुस २२ गतेसम्म नाच दर्ता गर्ने, नाच प्रतियोगिता मध्येबाट उत्कृष्ट नाच छनौट गर्ने, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने र प्रमुख अतिथि छनौट गर्ने लगायतका निर्णय गरेको छ । पुस २२ गतेपछि दर्ता भएका नाचलाई प्रगियोगितामा समावेश नगर्ने, थारु पत्रकार, महटवा, सामाजिक व्यक्तित्वमध्ये एक–एक जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै २३ गतेका लागि थारु संस्कृतिका जानकार संस्कृतिविद् अशोक थारुलाई प्रमुख अतिथि बनाउने र २४ गतेका लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख अतिथि बनाउने निर्णय भएको छ । माघ महोत्सवमा २३ गते साँझ ढुमरु गीत गाउने र २४ गते सांस्कृतिक कार्यक्रम हुनेछ । २४ गतेका दिन नमुना भुह्याँर थानबाट झाँकी सहितको ¥याली निकाल्ने र बजारको परिक्रमा गरेर पुनः भुह्याँर थान पुगेर सभामा परिणत भइ औपचारिक र सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाइने आयोजकले जनाएको छ ।
यसैविच माघ महोत्सवको तयारी बैठकमा बोल्ने थारु बुद्धिजीवीहरुले माघ महोत्सव थारुहरुको हकअधिकार, संस्कार संस्कृतिको जगेर्णासँगै छलफल हुने थलोको रुपमा लिनुपर्ने बताएका छन् । उनीहरुले थारुहरुको पहिचान के हो ? हक अधिकार के हो ?, अझै पनि थारुहरु किन पछि पारिदै छन् अर्थात मौलिक हकबाट किन वञ्चित गरिदै छन् भन्ने विषयमा बहस गर्नु पर्ने अवसरको रुपमा लिनुपर्ने बताएका हुन् । बैठकमा थारु बुद्धिजीवी रोहित थारु, केवी चौधरी, जनक चौधरी लगायतले यस्तो बताएका हुन् ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।