काठमाडौं, १४ पौष । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ ।
एक सय ७५ जना यात्रु र छ जना चालक दल बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ । चरासँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विवरण आएको तर थप अनुसन्धान भइरहेको दक्षिण कोरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।