२०८३ कार्तिक १२ गते बुधवार

साढे ५ वर्षमा ४३ हजार भन्दा बढि नेपाली श्रमिक रोजगारीका लागि जापान गए

काठमाण्डौँ, १२ पुष । नेपाल र जापान सरकाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको साढे ५ वर्षमा ४३ हजार भन्दा बढि नेपाली श्रमिक रोजगारीका लागि जापान गएका छन् । तर जापान जाने अधिकांश वैदेशिक रोजगार दाता व्यवसायी मार्फत आफ्नै पहलमा त्यहाँ पुगेका पाइएको छ । नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको श्रम समझदारीपत्रमा उल्लेख भएअनुसार कम्तिमा ५ हजार नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर दिने उल्लेख छ ।

सम्झौता भए यता हालसम्म ४३ हजार ५३८ जना काम भिसामा जापान पुगेका वैदेशिक रोजागर विभागले जनाएको छ । विभागका अनुसार सवैभन्दा धेरै गत आर्थिक वर्षमा १३ हजार ८६४ जना गएका छन् भने चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ८ हजार ५५२ जना रोजगारीका लागि जापान पुगेका छन् । समझदारी पत्रमा नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न श्रमिक आपूर्ति प्रक्रियामा तेस्रो पक्षलाई संलग्न नगराइने सहमति समेत गरिएको थियो ।

तर जापान जानको लागि ११ लाखदेखि १८ लाख रुपैयाँसम्म तिर्नु परेको नेपाली श्रमिकको गुनासो छ । जापान जान लाग्ने खर्चमा बढी लिएको पाइए विभागमा उजुरी दिन सूचना अधिकारी गुरुदत्त सुवेदीले अनुरोध गर्नुभयो ।।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।