२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

तुलसीपुर, ३ पौष ।  दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ५० बर्षीया लिला भुसाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ११३५ नम्बरको स्कुटिलाई विपरित दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएकी लिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । स्कुटि चालक मृतककै छोरा २७ बर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पिकअप र स्कुटिलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।