२०८३ कार्तिक १२ गते बुधवार

घोराही–तुलसीपुर सडक खुल्यो, पिडित पक्षसँग बार्ता चल्दै

तुलसीपुर, १७ मंसिर ।  दाङको घोराही–तुलसीपुर सडक खुलेको छ । अवरुद्ध भएको केही घण्टापछी सडक खुलेको हो ।  बस दुर्घटनामा परी घाइते भएकी तुलसीपुर–१८ दुधराशकी ३२ बर्षीया इन्द्रा थापाको उपचारकै क्रममा नर्सीङ होम नेपालगञ्जमा हिजो साँझ मृत्यु भएपछी मृतकका आफन्तले उचित क्षेतीपुर्तीको मागसहित सडक बन्द गरेका थिए ।

अहिले मृतक पक्षसँग छलफल भइरहेको र सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । थापाको उपचारकै क्रममा मृत्यु भएपछी आफन्तहरु शव नबुझेर फर्कीएका छन् । मृतकको शव अहिले नर्सीङ होम नेपालगञ्जमा रहेको छ । घोराहीदेखी तुलसीपुरतर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस तुलसीपुर–१८ दुधराशमा गत शुक्रबार दुर्घटना हुदा इन्द्रा थापासहित २२ जना घाइते भएका थिए ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।