२०८३ कार्तिक १२ गते बुधवार

बिजौरी बस दुर्घटनामा घाइते इन्द्रा थापाको उपचारकै क्रममा मृत्यु

दाङ, १६ मंसिर । दाङको बिजौरीमा बस दुर्घटनामा परी घाइते एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १८ दुधराश निवासी ३२ वर्षिय इन्द्रा थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस गत शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका १८ डाडागाँउ नजिकै आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा थापासहित बसमा सवार अन्य २२ जना घाइते भएका थिए । घाइते मध्य थापाको नर्सिङ होम नेपालगन्जमा उपचारकै क्रममा आज आइतबार साझ साढे ७ बजेको समयमा मृत्यु भएको र अन्य घाइते विभिन्न अस्पतालमा उपचार पछि डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । बस सडकदेखी अन्दाजी २र३ मिटर तल खसेर दुर्घटना भएको थियो । बस चालक घोराही– १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।