२०८३ कार्तिक १२ गते बुधवार

बसको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाण्डौ, १५ मंसिर ।  अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा बसको ठक्करबाट एक  बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । हिजो शुक्रवार बेलुका गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत नरपानीको धारा बजारमा लु २ ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा ४ अमराई बस्ने १२ वर्षकी विनिता बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभएको छ ।

बसको ठक्करबाट घाइते भएकी शितगंगा ४ अमराईकी १० वर्षकी एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ । बस चालक र बसधनीलाई प्रहरीले पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।