२०८३ कार्तिक १२ गते बुधवार

पाकिस्तानमा भएको आक्रमणमा ८ सैनिकको मृत्यु

काठमाडौं, ४ मंसिर ।  उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा परी आठ जना सैनिकको मृत्यु भएको छ । आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा नौ जना आतङ्कवादी पनि मारिएका छन् । पाकिस्तानी तालिबान (टीटीपी) ले यो घटनाको जिम्मेवारी लिएको खबरमा उल्लेख छ । अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियार पनि जफत गरेका छन् ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।