२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा बसमा चढ्ने क्रममा लडेर एकजना घाइते

तुलसीपुर, ३ मंसिर ।  दाङको तुलसीपुरमा बसमा चढ्ने क्रममा लडेर एकजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर–७ का अन्दाजी ३५ बर्षीय माधव नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको ना ६ ख ७४२९ नम्बरको बसमा घोराही–तुलसीपुर सडकखण्ड अन्र्तगत तुलसीपुर–६ घोराही रोडमा चढ्ने क्रममा आज साँझ ५ बजेको समयमा नेपाली बसबाट लडेका हुन् । बसबाट लडेर घाइते भएका नेपालीको राप्ती पादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बससहित चालक तुलसीपुर–१२ का ३८ बषीृय सुरज भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।