२०८३ कार्तिक १२ गते बुधवार

दार्चुलामा भएको जीप दुर्घटनामा, ६ जनाको मृत्यु

बैतडी, ३० कात्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा परेर ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहलले जानकारी दिनुभयो । मालिकार्जुन मन्दिरमा जात्रा हेरेर फर्किदै गरेका दर्शनार्थीहरु सवार गाडी दुर्घनामा परेको थियो । मृतकको सनाखत नभएको र घाइतेहरुको अवस्था पनि गम्भीर रहेको डिएसपी दहालले बताउनुभयो । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।