२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

तुलसीपुर, २८ कात्तिक ।  दाङको तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ गैरापातुका ४० बर्षीय सम्शेर चलाउने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घर नजिकैको भजना खोला किनारमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मंगलबार साँझ पौने ७ बजेतिर उनको मृत्यु भएको हो ।

स्थानीय कमला विकको घरबाट विद्युत जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ४५ वर्षिय बल बहादुर बोहरा, ६२ वर्षका गोरे वली र १२ वर्षका बालक सन्तोष विक पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।