काठमाडौं, २६ कात्तिक । कालीकोटको पलाँता गाउँपालिका–३ मा हिजो आइतवार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । उपचारको क्रममा सल्यानको सारदा नगरपालिका–१४ का ५१ वर्षीय जीप चालक धनीराम रावतको पनि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको कालीकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिनुभयो ।
यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको हिजो घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको हो ।।
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।