तुलसीपुर, २४ कात्तिक । दाङको तुलसीपुरमा हृदयघातका कारण एक व्यवसायीको निधन भएको छ । तुलसीपुरको भुँयारथान नजिकै रहेको एलपी सप्लायर्सका सञ्चालक ५८ वर्षका इश्वरी प्रसाद पन्तको आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको । बिहानै उठेर घरमा गरिने दैनिक नित्यकर्म गरेर पसलमा जाने क्रममा एक्कासि मुटुदुख्यो भन्दै ढलेका उहाँको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै निधन भएको हो ।
‘बिहानै उठेर नुहाइधुवाई गर्नुभयो । दैनिक गर्ने नित्यकर्म पूजापाठ समेत गर्नुभयो । त्यसपछि चिया खाएर पसलमा जाने तयारी गर्ने बेलामा मुटुदुख्यो मुटुदुख्यो भन्दै ढल्नुभयो । तत्काल उठाएर नागरिक हस्पिटलमा लग्यौँ । त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गरिदिए ।’ मृतकका आफन्त नारायण खनालले भन्नुभयो । पन्तको आजै दिउँसो १ बजे तुलसीपुरको सिशतलपुर स्थित बबई घाटमा अन्त्येष्टि गरिने भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।