२०८३ कार्तिक १२ गते बुधवार

चितवन र सुर्खेतमा भएका बस दुर्घटनामा परी एक दम्पतीसहित ९ जनाको मृत्यु

काठमाडौं, २४ कात्तिक ।  चितवनको भरतपुर महानगरपालिका–२९ को सत्र किलोमा हिजो बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । बिहान ३ बजेको समयमा नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रो बस चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का सन्तोष भुसाल र सबिना भुसाल रहेको प्रहरीले जनाएको छ । माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सूर्य विक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबिच दैलेखबाट सुर्खेततर्फ गुडिरहेको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ । २९ जना चढेको मिनिबस भीरबाट तल खसेर दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।