२०८३ कार्तिक १२ गते बुधवार

जेलबाट सुरुङ खनेर भागेका एकजना पक्राउ

सुनसरी, २३ कात्तिक ।  सजाय भुक्तानका क्रममा कारागारबाट दुई पटक भागेका सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने ठाउँबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले विनायककुमार यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोलीसमेत फायर गर्नुपरेको बताउनुभयो ।

यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए । प्रहरीका अनुसार झुम्का कारागारबाट सुरुङ खनेर भागेका १२ जनामध्ये अहिलेसम्म नेपाल र भारतमा गरी सात जनामात्रै पक्राउ परेका छन् ।।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।