काठमाडौं, २१ कात्तिक । वाग्लुङमा बस दुर्घटना भएको छ । रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४१४ नम्बरको रात्री बस बागलुङको निसिखोला–६, जाउलेपानीमा अहिले साढे ४ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बसमा रहेका ४० देखि ४५ जनामध्ये २१ जना घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।