२०८३ कार्तिक १२ गते बुधवार

रोल्पामा श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

काठमाडौँ, २१ कात्तिक ।  रोल्पामा श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिकाका–१ झम्की निवासी २८ वर्षीया खुनो विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोहन विकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी गाउँपालिका–५ थवाङको पेवाङबाट उवा जाने भित्री सडक खण्डमा पल्टिँदा उहाँकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल पल्टिदा पछाडी सवार रहेकी बिक सडकबाट झण्डै ५० मिटर तल खस्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।