२०८३ कार्तिक १२ गते बुधवार

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

तुलसीपुृर, १६ कात्तिक । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका – १४ लुहासुर बस्ने बर्ष ५५ का नन्द बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घर्तीको उपचारका क्रममा सवा आठ बजे मृत्यु भएको हो । त्यसैगरी मोटरसाइकलको ठक्करबाट घाइते घोराही उपमहानगरपालिका – १४ बस्ने बर्ष ४५ कि मनमती नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचार भइरहेको छ ।

घोराहीको बसपार्क स्थित कोर्चावाङ होटेल अगाडी डुम्मर गाँउबाट मिलन चोक तर्फ जादै गरेको लु.प्र.०२००१ प ०७४६ नं .को मोटर साईकलले पैदलयात्री दुबैजनालाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १० नारायणपुर बस्ने बर्ष २१ को तिलक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलले साँझ साढे ७ बजे ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।