२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका थापाको मृत्यु

तुलसीपुर, १६ कात्तिक ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–३ राम्रीका ५० वर्षीय दोर्ण थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । यही कात्तिक १० गते राती १२ बजेको समयमा तुलसीपुरबाट राम्री तर्फ जादै गरेको रा ३ प ७१८५ नम्बरको मोटरसाइकल तुलसीपुर–४ रक्षाचौर नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङ होममा रिफर गरिएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–३ राम्री कै २० बर्षीय शुसान्त मगर पनि सामान्य घाइते भएकोमा उपचार पछी प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।