२०८३ कार्तिक १२ गते बुधवार

स्यालको आक्रमणबाट १३ जना घाइते

काठमाडौं, १४ कात्तिक ।  सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् । गएराति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयवासीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन र बलरा नगरपालिकाका एक जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र बाँकीको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।