२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा ठुलो परिमाणको लागूऔषधसहित एक महिला पक्राउ

तुलसीपुर, १३ कात्तिक ।  दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–८ निवासी ५३ वर्षीय (आन्टि नामले चिनिने) तीलकुमारी विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–८ को दुधेनामा संकास्पद रुपमा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ ५ बजेतिर पक्राउ गरेको हो ।

उनले बोकेको ब्यागमा ५० ग्रामका ३५ पत्तामा ३५० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड फेला परेपछी उनको घरमौ गएर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५० ग्रामका २३४ पत्तामा दुइ हजार ३४० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । पक्राउ परेकी विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।