तुलसीपुर, २८ असोज । दाङमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका–७ सानो–तुलसीपुर निवासी ६१ वर्षीय केशव थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । थापा घरबाट करिब २ सय मिटर दक्षिणमा रहेको माध्यामिक विद्यालय सानो–तुलसीपुरको पूर्वपट्टिको धारामा पानी जमेको नालीमा मृत भेटिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घोप्टो परेको अवस्थामा आज दिउँसो १२ बजेतिर उहाँको शव फेला परेको हो । आलिबाट लडेर पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।