दाङ, २७ असोज । देशका विभिन्न स्थानमा गरेर एकैदिन १० जनाको मृत्यु भएको छ । जस अन्तर्गत सुनसरी, दुहबी नगरपालिका–८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रबश १–०२–०४८ प १७७६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित सडकमा सु.प.प्र.०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको दिउँसो मृत्यु भएकोQ छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीको गैडहवा गाउँपालिका–३ केयौटलियास्थित सडकमा लु.३१ प १७७२ नम्बरको मोटरसाइकल र लु.४ प ९५१ नम्बरको मोटरसाइकल ठोक्किदा लु.४ प ९५१ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–८ बरउलि बस्ने ४५ वर्षीय नरसिंह चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.३१ प १७७२ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।
त्यसैगरी झापाको कमल गाउँपालिका–४ अमलडाँगीस्थित सडकमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका–८ बस्ने ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको मेचिनगर नगरपालिका–७ स्थित सडकमा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिगेन राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहा चोक नजिकै ना.७ त २९८४ नम्बरको ट्याक्टर र ना.३९ प ७९१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र–१–०२–०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका–२ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । सिराहाको बरियारपट्टी गाउँपालिका–३ बरियारपट्टी चोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज साफीको छोरी ३ वर्षीया गंगा कुमारी साफीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।