२०८३ कार्तिक ११ गते बुधवार

रेडियोप्रति योगदान पुर्‍याउनेलाई सम्मान

टिकाराम रेग्मी

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित रेडियो प्रकृतिको स्थापना भएको १४ वर्ष पुगेर १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा  प्रेस स्वतन्त्र सेनानी टिकाराम रेग्मीलाई सम्मान गरिएकाे छ । दशकाैदेखि कठिन परिस्थितीमा पनि आम नागरिकलाई सुसूचित गर्दै  पत्रकारिता क्षेत्रकाे विकासमा महत्वपूर्ण याेगदान पुर्‍याएकाे भन्दै सम्मान गरिएकाे हाे ।

 

समाचार प्रमुख  निता चाैधरी       

 

     

                                                                   प्राविधिक सहायक रोमा पुन

त्यैगरी समाचार सम्पादक  र प्राविधिक सहायककाे  भूमिकामा रहेर  रेडियाेकाे श्रीवृद्धिमा  महत्वपूर्ण याेगदा  पुर्‍याउने  समाचार प्रमुख निता चौधरी र प्राविधिक सहायक रोमा पुनलाई   पुरस्कृत गरिएकाे थियाे । त्यस्तै  रेडियोलाई निरन्तर विज्ञापन उपलब्ध गराइ सहयोग गर्ने विज्ञापनदाता चिनारी हस्पिटल प्रालि तुलसीपुरलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।