काठमाण्डौं, १९ असोज । हुम्लाको ताँजाकोट गाउँपालिका–२ पुईमामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ गुडिरहेको लु १ ज ३०४३ नम्बरको जीप आज दिउँसो दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० की ४९ वर्षीया विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का ६ वर्षीय बालक अविशेक बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जीप बिग्रिएपछि बनाउँदै गर्दा पछाडी सरेर दुर्घटना भएको हो । जीपमा ७ जना रहेकोमा जीप बनाउने क्रममा पाँच जना बाहिर निस्किएको र जीपमै रहेका दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।