२०८३ कार्तिक १२ गते बुधवार

नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक

चितवन १२ असोज । नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण  हुनसक्ने संभावित क्षतिलाई मध्यनजर गर्दै राेक लगाएकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ । आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीले बताउनुभयाे । ‘सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था आएकाे छ ।   यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गर्दछु । ’ सिञ्जालीले भन्नुभयाे ।  

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।