२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा गएरातीको बर्षाले एउटा घर भत्कियो

तुलसीपुर, २८ भदौ ।  दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा बिहिबार रातीको अवरल बर्षाले एउटा घर भत्किएको छ । शिवसक्ती टोलका धेरै जनाको घरमा भल पानी पसेपनी स्थानिय कृष्णी वलीको कच्ची घरमा पुर्ण रुपमा क्षेती भएको हो । अन्य घर भने पक्की भएकाले धेरै क्षेती हुन नपाएको स्थानियले बताएका छन् । स्थानिय सरकारले ढल व्यवस्थापनमा ध्यान नदिदा अहिले क्षेती व्यहोर्नु परेको स्थानियले बताएका छन् । तुलसीपुर बजार भित्रै पर्ने वडा नम्बर ६ को शिवसक्ती टोलमा बर्षाले घर भत्किएपछी स्थानिय आक्रोसित भएका छन् । नगरपालिकाले ढल व्यवस्थापनमा चासो नदिदा सिंचाई कुलाको पानी घरमा पसेर क्षेती गरेको तुलसीपुर-६ का तारा प्रसाद परियारले बताउनुभयो । भुमि अधिकार श्रमिक संगठन नेपाल, तुलसीपुर नगर कमिटिका अध्यक्षसमेत रहेका परियारले बजार क्षेत्रको सबै भलपानी सोही कुलामा हालेकाले आसपासका घरमा क्षेती भएको बताउनुभयो । ढल व्यवस्थापनका लागी स्थानिय सरकारलाई पटक–पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको शिवशक्ती टोल विकास संस्थाका सचिव घनश्याम बिकले बताउनुभयो । एउटा घर भत्किएपनि बर्षाले शिवशक्ती टोलबासी नै प्रभावित भएको उहाँले बताउनुभयो । यो अवस्था आउछ भनेर नै आफुहरुले पहिल्यै स्थानिय सरकारको ध्यानाकर्षण गराएपनि चासो नदिदा अहिले क्षेती व्यहोर्नु परेको उहाँले बताउनुभयो ।

बर्षासँगैको भलपानी शिवसक्ती टोलका धेरै घरमा पसेपनी अन्य घर पक्की भएकाले एउटा मात्रै घर भत्किएको भन्दै अन्य धेरै घरमा सामान्य क्षेती भएको उहाँको भनाई छ । यता तुलसीपुर–६ का वडासदस्य यमराज केसीले घर भत्किनुमा स्थानिय सरकार अर्थात वडा र नगरपालिकाको कुनै दोस नभएको बताउनुभएको छ । आर्थीक अभावले गर्दा स्थानियको माग अनुसार काम गर्न नसकिएको साचो भएपनी घर नै भत्कियोस् भन्ने मनासय स्थानिय सरकारको नरहेको उहाँले स्पष्ट पार्नुभयो । विपद् भन्ने प्राकृतिक चिज भएकाले जतीबेला पनि आउन सक्ने यसलार्य कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । क्रमिक रुपमा नालाहरु पक्की गर्ने काम भइरहेको भन्दै उहाँले विकास निरन्तर चल्ने प्रकृया रहेकाले आगामी दिनमा जनताका आवश्यकता पुरा हुदै जाने बताउनुभयो ।

आधिकारीक जानकारी प्राप्त भएको छैन : नगरपालिका यता तुलसीपुर उप–महानगरपालिकाले भने यसबारे आधिकारिक रुपमा जानकारी प्राप्त नभएको बताएको छ । आधिकारीक रुपमा प्रहरी मुचुल्का र वडाको सिफारिससहित आएका विपद् प्रभावितलाई आवश्यक सहयोग गर्ने विपद शाखा प्रमुख टोप बहादुर डाँगीले बताउनुभयो । नगरपालिकाले प्रत्यक बर्ष विपत प्राभावितलाई दिने राहतसम्बन्धि मापदण्ड गराउदै आएको भन्दै घर भत्किएको हकमा अधिकतम २५ हजार रुपैयाँसम्म दिने गरेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।