धनुषा, २० भदौ । धनुषामा पोखरीमा डुबेर ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय आदित्यकुमार साह, ९ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेको प्रहरीले जनाएको छ । मावलीघरमा भोज खान गएका उनीहरुको धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ मा रहेको पोखरीमा डुबेर हिजो बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।
मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू महावीरका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।