तुलसीपुर १७, श्रावन । अपाङग समाज सुधार केन्द्र दाङको १६ औँ बार्षिकोत्सव तथा साधारणसभा आज तुलसीपुरमा सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले शारिरीक अशक्तलाई कमजोरको संज्ञा दिन नहुनेमा जोड दिएका छन् । उनीहरुले आफूलाई कमजोर नठान्न अपाङगता भएका नागरिकहरुलाई आग्रह पनि गरेका छन् । हरेक अपाङगता भएका नागरिकले म पनि सपाङ्ग जस्तै सक्षम छु, भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा उनीहरुको जोड थियो । आफूले आफूलाई जवसम्म कमजोरको संज्ञा दिइन्छ तवसम्म कहिल्यै अगाडि बढ्न नसक्ने भएकाले नकारात्मक कुराहरुलाई त्यागेर साहस जुटाएर अगाडि बढ्न समेत सल्लाह सुझाव दिएका छन् । कार्यक्रममा प्रमुख अतिति उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा २ नंबर वडाका वडाअध्यक्ष भिम बहादुर योगीले अपाङग समाज सुधार केन्द्रले गरेका गतिविधिको प्रसंसा गर्दै आगामी दिनहरुमा स्थानिय सरकारले पनि गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । यस्तै सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका नागरिकलाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गर्ने व्यवहारमा अझै पनि परिवर्तन हुन नसकेको अपाङ्गता भएका नागरिकहरुले गुणासो गरेका थिए । यस्तो गुणासो सम्बोधनका लागि यातायत व्यवसायी, सरोकारवाला निकायहरुलाई आग्रह गरेका थिए ।
केन्द्रका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा २ नंबर वडाका वडाअध्यक्ष भिम बहादुर योगीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । अपाङग समाज सुधार केन्द्रका संस्थापक अध्यक्ष हुमाकान्त कंडेल, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख ओम प्रकाश न्यौपाने, अपाङग मानव अधिकार सरोकार मञ्च दाङका सचिव देवका खनाल, जग्गादाता लाल वहादुर पुन, जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले अपाङगहरुको जीविकोपार्जनका लागि राज्यले उनीहरुको अवस्था हेरेर कार्यक्रमहरु ल्याउन आवश्यक रहेकामा जोड दिनु भएको थियो ।
उनीहरुको हक अधिकारका लागि राज्यले गर्नु पर्ने जति कामहरु गर्न नसकेका बताउँदै आगामी दिनमा अधिकारमुखी भन्दा पनि कर्तव्यमुखी बन्न आवश्यक रहेको बताएका छन् ।कार्यक्रममा संस्थाप्रति योगदान पु¥याउने बसन्त केसी, विर बहादुर वली, टिकाराम कंडेल, सविता न्यौपाने, खुमानन्द अधिकारी, विनोद पन्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष खेन्तु गिरीले गर्नु भएको थियो । केन्द्रका महासचिव दोलख बहादुर खत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राम प्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।