२०८३ कार्तिक ११ गते मङ्गलवार

श्रीमतीको घाँटी रेटेर हत्या गर्ने श्रीमान फरार

रुकुम पूर्व, ३० असार । रुकुम पूर्वमा एक महिलाको हत्या भएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ को तामारी चिसापानी निवासी अप्सरा ओलीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ वर्षीय ओलीको शुक्रवार साँझ हत्या भएको हो । खुकुरीले घाँटी रेटेर हत्या गरेको अवस्थामा घर भन्दा एक सय मिटर तल खोल्सामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र घटना बारे थप खुल्न बाँकी रहेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । श्रीमान् दामे भनिने २७ वर्षीय जीवन ओली पाँच वर्षीय छोरा आयुषलाई लिएर फरार रहेको हुँदा हत्याको आशङ्का श्रीमान् माथि गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार जीवनको खोजी कार्य भइरहेको छ । अप्सराको शव जिल्ला अस्पताल रुकुमकोटमा पोस्टमार्टम पछि आफन्तले जिम्मा लिएका छन् ।।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।