२०८३ कार्तिक ११ गते मङ्गलवार

बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा

बाँके, १८ असार । पश्चिम नेपालको केन्द्र तथा भारतसँग सीमाना गाँसिएको बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण देखिएकाले पनि यसलाई समयमै नियन्त्रण गर्न नसकिए यो रोग झनै फैलिने आशङ्का बढ्दै गएको छ । बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ४०५ जना डेंगुका सङ्क्रमित भेटिएकोले यसको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका डेंगु रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहहरू मध्ये हाल नेपालगन्ज उपमहानगरपालिकामा ४५,कोहलपुर नगरपालिकामा २४, राप्ती सोनारी गाउँपालिकामा पाँच, बैजनाथमा नौ, खजुरामा चार, जानकीमा पाँच, र डुडुवा गाउँपालिकामा छ जना डेंगुका बिरामी रहेका छन् । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान नदिने हो भने अवस्था अति नै खराब पनि हुनसक्ने डेंगु रोग फोकल पर्सन गौतमको भनाइ छ ।

उहाँले यो रोग नियन्त्रणका लागि सीमानामा पनि निगरानी बढाउनु आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीका अनुसार डेंगुको जोखिम मुख्यगरी जुलाईदेखि नोभेम्बरसम्म हुने गरेकाले अब नियन्त्रण अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।