झापा, १६ असार । झापामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । झापाको कमल गाउँपालिकामा भएको सो दुर्घटनामा परी शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आउँदै गरेको प्र।१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं। ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुईजना घाइते भएक थिए। घाइतेमध्ये मोटरसाइकलको पछाडि सवार शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ ।
आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।