२०८३ जेष्ठ २५ गते सोमवार

विद्यार्थीको विदेश मोह र नेपाली उच्च शिक्षाको अधोगति

  • २०२३ जुनमा त्रिभुबन विश्वबिद्यालयले मर्जरका लागि इच्छुक क्याम्पसबाट दरखास्त माग गरेर सूचना प्रकाशित गर्यो
  • काठमाडौँ विश्वबिद्यालयलेआफ्नो शैक्षिक कार्यक्रमहरुमा ३०% सिट रिक्त रहन गयको जनाउदै केहि कार्यक्रमहरु बन्द गर्नुपर्ने अवस्था आएकोजनाएको छ
  • रत्न राज्यक्याम्पस, भृकुटीमण्डप मा २०१९ मा पत्रकारिता बिषयमा भर्ना भयका ५००विद्यार्थीमध्ये तेस्रो बर्षको अन्तिम परीक्षामा ३०० जना सामेल रहे

यी त केहि दृष्टान्त मात्र हुन । आज हरेक नेपाली नीति निर्माता, राजनीतिज्ञ, शिक्षाविद, र सर्बसाधारणबाट समेत चिन्ता जाहेर गर्ने बिषय बनेको छ, नेपालमा शिक्षाको गुणस्तर खस्कियो, विद्यार्थिको विदेश मोहले देश बर्बाद हुने भयो । यसैगरी नेपाली बिद्यार्थीहरु बिदेशी विश्वबिद्यालयमा जाने क्रम बढ्दै गईराख्यो भने धेरै स्वदेशी कलेजहरु बन्द हुनेछन र आबश्यक जनशक्ति समेत बाहिरबाट महँगो शुल्क तिरेर ल्याउनुपर्ने दिन नआउला भन्न सकिदैन ।

  • के छ नेपालमा उच्चशिक्षाप्रदायक सस्थाहरुको अवस्था

२०६२/०६३ को जनान्दोलन अगाडिसम्म नेपालमा ६ वटा विश्वबिद्यालयरहेका थिए । २०६३ मा आएको राजनीतिक परिबर्तन सँगै विश्वबिद्यालयको संख्यात्मक वृद्धि उल्लेखनीय रुपमा बढ्न गयो भने गुणात्मकतामा ह्रास आउन थाल्यो । सन् २०२२ सम्म आइपुग्दा ११ केन्द्रीय विश्वबिद्यालय, ५ वटा स्वास्थ्य प्रतिष्ठानहरु र २ वटा प्रादेशिक विश्वबिद्यालय गरि कूल संख्या१८ पुगेको छ । यसबाहेक बिदेशी विश्वबिद्यालयसंग सम्बन्धन प्राप्त गरि ५७ कलेज संचालनमा रहेका छन जहा २२३३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । स्वदेशी विश्वबिद्यालय अन्तर्गत १४५५ वटा कलेजहरु देशभर संचालनमा रहेका छन् । उपरोक्त कलेजहरु मा विद्यार्थी भर्नाको अवस्थाहेरौ–

क्र.स. शैक्षिक बर्ष भर्ना भयको संख्या
२०१७ – १८ ३,७१,०००
२०१८– १९ ४,२३,०००
२०१९- २० ४,७१,०००
२०२०- २१ ४,६६,०००
२०२१ – २२ ४,६०,०००

श्रोत:- विश्वबिद्यालयअनुदानआयोगकोप्रतिबेदन२०२२

शैक्षिक वर्ष २०२०-२१ देखि नेपालमा विद्यार्थी संख्या ओरालो लागेको मात्र हैन कि शिक्षाको गुणस्तरमा समेत उच्च गिरावट देख्न सकिन्छ । नेपालमा अध्ययन गर्ने मानसिकता मा ह्रास आउनु र बिदेशी विश्वबिद्यालयप्रति आकर्षण बढ्नु मामूल कारण यहाको शिक्षाको उपयोगितामागिरावट आउनु नै हो।

स्वदेशी शिक्षण संस्थाहरुमा आएको गुणस्तर ह्रास र उच्च दरमा ब्याप्त बेरोजगारीले गर्दा बिदेशमा अध्ययन गर्न जाने युवा-युबतिको संख्याहरेक वर्ष उकालोलागिरहेको छ ।आ.ब. २०८०-८१ मा मात्र १,१०,२१७ विद्यार्थीलेNoObjectionLetterलियका थिय ।राष्ट्र बैंकको प्रतिबेदन अनुसारयसरी अध्ययन गर्न जाने युवा युबतिमा मात्र गत वर्ष १ खर्ब रुपैया बिदेशिएको थियो।नेपाली बिद्यार्थीहरुले करिब ८०देशहरुलाईशैक्षिक गन्तब्य बनायको देखिन्छ।

 नोआब्जेक्शन लेटर प्राप्त गर्ने विद्यार्थी संख्या :-

क्र.. देश सन् २०२१ सन् २०२२
अस्ट्रेलिया ८,६८० ६६८०२
जापान ११,७११ १६१५७
क्यानडा ४,१८१ ११३०२
वेलायत ४,५१५ ७६२७
अमेरिका ४,२८७ ५१२०
यूएइ २,२८५ १८६२

श्रोत:- शिक्षा मन्त्रालय

पढाई संगसंगै कमाई पनि हुने भयपछी धेरैयुवा-युबतिको रोजाई बिदेशी कलेजहरु हुन थालेको छ।बिदेशीकलेजहरुमा अध्ययन कार्य चुनौतीरहित छैन, बिहान १० देखि ४ बजेसम्म अध्ययन कार्यमा सामेल हुदा त यहाँ रिजल्ट कमजोर रहन्छ भने काम सँगै पढाई गर्दा नतिजा हामी सहजै अनुमान गर्न सक्छौ ।तनावपूर्ण जिबन, कष्टपुर्ण परिश्रम, वित्तीयअसन्तुलनर बिदेशी कलेजमा जादाको उदेश्यबीच तालमेलनमिल्दाडिप्रेसन, आत्महत्या जस्ता घटना बारम्बार समाचार बन्ने गरेका छन् ।तरपनि यो आकर्षण किन छ त ?

  • स्वदेशमा विकर्षण र बैदेशिकअध्ययनमा आकर्षण गर्नेकारणहरु:-

शिक्षा नीति र कार्यक्रम समयानुकुल अध्यावधिक नहुनु

नेपालको वर्तमान उच्चशिक्षा कार्यक्रमहरुसमयानुकुल र ब्यबहारिक छैनन्, ३० बर्षदेखी पाठ्यक्रम, बिषयबस्तु र शिक्षण प्रणालीमा परिमार्जन हुन सकेको छैन । भद्दापाठ्यक्रम, परम्परागत शिक्षण बिधि, कमजोर पुर्बाधार, नविनतम प्रविधिको अभाव तथा असान्दर्भिक भैसकेका बुढा जनशक्तिको कारण अध्ययन कार्य निरस र पट्यारलाग्दो भएको छ । अर्कोतर्फ प्राप्त भएको डिग्रीले हामीलाई कुनै रोजगारीको ग्यारेन्टी गर्दैन।

राजनीतिक हस्तक्षेप र अराजकता

देशमा रहेका ११ केन्द्रीय विश्वबिद्यालय मध्ये १० वटामा कुलपति प्रधानमन्त्री र सह-कुलपति शिक्षामन्त्री हुने प्राबधान रहेको छ । उपकुलपति, रेक्टर लगायतका पदहरु प्राज्ञिक दक्षताको आधारमा नभै राजनीतिक भागबन्डाको आधारमा नियुक्त गर्ने गरिन्छ । राजनीतिक नेतृत्वको चाकडी नगर्दा पद सुरक्षित हुन सक्दैन, अतःराजनीतिक खिचातानीको दलदलमा फसेको उच्च शिक्षाको नेतृत्व दिशाविहीन र पथभ्रष्ट हुनु स्वाभाविक छ ।

 शिक्षाको उपयोगिता रोजगारीकोउपलब्धता

देश भित्र व्याबहारिक र रोजगारमूलक शैक्षिक अवस्था नहुनु र बिदेशमा पढाईसंगसंगै कमाई गर्ने अवसरले आत्मनिर्भर बन्न चाहने वर्तमान पुस्ता बिदेशी भूमिमा पढाई प्रति आकर्षित  छन् ।  कैयो देशमा कलेजहरुले रोजगारीका अबसरहरु उपलब्ध गरायका छन् , भने उच्च आय भयका देशहरुमा सपरिवार बसोबास समेत गर्नपाइने भयको हुदा सम्बृद्ध र गतिशील जीवनकोलागि तछाड-मछाड भैरहेको हामी पाउछौ । चुस्त पाठ्यक्रम, गुणस्तरीय शिक्षा, छात्रवृतिको अवसर, प्राप्त डिग्रीको विश्वब्यापी मान्यता, रोजगारीको ग्यारन्टी जस्ता थप कारणहरु ले हाम्रो युवा पुस्तालाई विदेशतिर दौडाइरहेको छ ।

एकतातिर बैदेशिक रोजगारिकालागी युबाहरु लाखौको संख्यामा बिदेशीने अर्कोतिर विद्यार्थी बनेर जाने र उतै बसोबास गर्ने यो क्रम चलीनै रह्यो भने यसले अन्य जटिलता त ल्याउछ नै, ५-१० वर्ष पछि जनसंख्यामा समेत ठुलो उथलपुथल आउने देखिन्छ । यसले नेपालको समग्र जनजीवनमा नकारात्मक असर पुर्र्याउछ,विकास र सम्बृद्धिको मार्ग लाई अबरुद्ध गर्दछ ।

निष्कर्षमा

हाम्रो शिक्षा प्रणालीमा समयानुकुल सुधार नभएको कारण र राजनीतिक अस्थिरताको कारण हाम्रा कलेजहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगे । फलत आफ्नो भबिस्य अन्न्यौल ग्रस्त र असुरक्षित देखिन थालेपछि युवा पुस्ता विकल्पको खोजीमा लागे । ब्याप्त गरिबी, बेरोजगारी, भ्रस्टाचार र कुशासनले यसलाई थप मलजल गर्यो । हरेक समस्याको समाधान हुन्छ र हाम्रो देशको वर्तमान अबस्थामा पनि सुधार आबश्यक छ र गर्न सकिन्छ ।यसका लागी देशको शिक्षा प्रणालीमा आमुल परिबर्तन गरि समयानुकुल रोजगार मूलक, ब्यबहारिक, उत्पादन मुलक बनाइनुपर्छ । सिक्दै र कमाऊदै बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाई अभिभाबक लाई तनावमुक्त बनाइनुपर्छ । देशमा आबश्यक जनशक्ति योजनाबद्ध ढंगले उत्पादन गरिनुपर्छ र उत्पादित जनशक्तिलाई रोजगारीको प्रत्याभूति गरिनुपर्छ । पिछडीएका, बिपन्न तथा जेहेन्दार हरुका लागि छात्रवृत्तिको पर्याप्त व्यवस्था मिलाईनुपर्छ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया