२०८३ जेष्ठ २५ गते सोमवार

बालबालिकालाई दण्डले होईन मायाले सुधारौ

तुलसीपुर,२२ मंसिर । तुलसीपुर मेट्रो कलेज बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थी पारस वलीले  बालबालिकाहरु दण्डका कारण अमर्यादित बन्दै गएको बताउनुभएको छ । कलेजले आयोजना गरेको बाल न्याय प्रणाली सुधारात्मक कि दण्डात्मक भन्ने वादविवाद प्रतियोगितामा बोल्दै उहाले बालबालिकाहरु शारीरिक दण्डले भन्दा पनि मानसिक सचेतनाले सुध्रने बताउन’भयो । नेपालको कानूननले पनि बालबालिकालाइ दण्डात्मक भन्दा पनि सुधारात्मक कुरामा जोड दिएको उहाको भनाई थियो । कतिपय बालबालिकाहरुले नियोजितरुपमा पनि अपराधमा आफुलाई संलग्न गराउने गरेको पनि उहाको तर्क थियो । बालबालिकालाई सजाय कम हुने भएका कारणले गर्दा कतिपय अपराधिक मानसिकता भएका मानिसहरुले अपराधमा निरन्तर बालबालिकाको प्रयोग गरिरहेको उहाको बुझाइ थियो ।

’कतिपय सन्दर्भमा बालकले नियोजित रुपमा पनि अपराध गरिरहेको हुन्छ जस्तो कुनै बालकले बलत्कार गर्छ भने त्यो कसरी अपरिपक्वता भयो ? उहाले भन्नुभयो । बालबालिकालाई अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्नुपर्ने उहाको भनाई थियो । पारस सहित तिर्सना रोकाया र कुसुम भण्डारीको समुहले प्रथम स्थान हासिल गर्नुभएको थियो । कुनै पनि १८ वर्ष मुनिको बालकले अपराध गर्छ भने त्यसलाई परिपक्व मानिस सरह सजाय दिन नहुने तर्क राख्दै विद्यार्थी दुर्विन वलीले मानसिक परिपक्वता विना नै बालकले अपराध गर्ने हुँदा राज्यका अंगहरुले त्यसलाई कडा सजायको भागिदार बनाउन नहुने तर्क राख्नुभएको थियो ।

सो असरमा दुर्विन वली,समिर पोख्रेल र निराजन आचार्यको समुह दोस्रो भएको थियो । प्रतियोगिता समुहगतरुपमा आयोजना गरिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षकहरु अपिल आचार्य,सुष्मा केसी र विद्यार्थी शिशिर पोख्रेलले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया