तुलसीपुर, ६ साउन । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सचिव ओम प्रकाश न्यौपानेले आधारभूत स्वास्थ्य सेवालाई राज्यले हरेक नागरिकको घरदैलोमा पु¥याउने दायित्व भएको बताउनुभयो । नेपाल स्वास्थ्य प्राविधिक संघ दाङले कारागार शाखा तुलसीपुरमा आयोजना गरेको वृहत रक्तदान तथा स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै न्यौपानेले पहिलो पटक कैदी बन्दी रहेको कारागारमा स्वास्थ्य शिविर राखेर महत्वपूर्ण काम गरेको बताउनुभयो ।
सो अवसरमा कारागार प्रशासक चिन्तामणि रेग्मीले कैदी बन्दी हरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्दै दैनिक योगा, व्यायाम, खाना, पानी सरसफाइमा विशेष ख्याल गर्न सुझाव दिनुभएको थियो । शिविरमा ४ सय बढी कैदीबन्दीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । साे अवसरमा ११ जना कैदीबन्दीले रक्तदान समेत गरेका थिए ।
स्वास्थ्य परीक्षणमा पाठेघरमा १ जनामा ट्युमर, १ जनामा पानी फोका देखिएको थियो भने अधिकांश महिलामा पाठेघरको समस्या देखिएको थियो । ग्यास्ट्रिक, तल्लो पेट दुख्ने, टाउको दुख्ने निद्रा नपर्ने जस्ता समस्या देखिएकोमा सबैलाई भिडियो एक्सरे, मनो परामर्श तथा औषधि प्रदान गरिएको थियो । नेपाल स्वास्थ्य प्राविधिक संघ दाङका अध्यक्ष दोर्ण बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य विष्णु कुमार गिरी, खड्ग बहादुर चौधरी, विमल केसी लगायतले आआफ्ना धारणा राखेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।