२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुर उपमहानगरको निर्णयः खानेपानीको खाता रोक्कादेखि छानविन समिति गठन

तुलसीपुर १०, असार ।  तुलसीपुर उपमहानगरपालिकाले अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खाता रोक्का देखि आर्थिक अनियमितताको छानविनका लागी ५ सदस्य कार्यदल गठन गरेको छ । शुक्रबार दिउँसो बसेको उपमहानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको संयोजकमा सामाजक विकास समितिका संयोजक मान बहादुर रावत, तुलसीपुर ८ का वडा अध्यक्ष धर्मराज वली, ९ का अध्यक्ष घनस्याम ढकाल, ३ का अध्यक्ष विजय विक र आलेप प्रकास केसी रहनु भएको छ । त्यसैगरी बैठकले तत्काल खानेपानि सस्थाका सवै वैक खाताहरु रोक्का गर्ने निर्णय समेत गरेको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभएको छ ।

धारा जडान र खानेपानी महशुल वापत उपभोक्ताबाट संस्थामा जम्मा भएको रकम मध्यबाट अध्यक्ष खरेलले २ लाख ३५ हजार, कोषाध्यक्ष केशब बहादुर वलीले १५ लाख ५८हजार र दशरथ वलीले २ लाख ५६ हजार रुपैयाँ व्यक्तिगत प्रयोजनका लागि चलाएको भन्दै उपभोक्ताहरु आन्दोलित भएपछि उपमहानगर चासो देखाएको हो । खानेपानीको कार्यालयमा असार ६ गतेदेखि ताला लागेको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।