तुलसीपुर २४ जेठ । दाङको तुलसीपुरमा घरको बिमा कार्यक्रम आजदेखि प्ररारम्भ गरिएको छ । आफ्नो घरको सुरक्षा आफै गरौं भन्ने नारा सहित बिमा कार्यक्रम सुरु गरिएको हो । यूएसए आइडी तयार नेपाल र तुलसीपुुर उपमहानगरको संयुक्त आयोजनामा तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर उदघाटन गरिएको हो । तुलसीपुरमा पहिलो पटक २८ लाखको घरको बिमा गराउनु भएका जीवन अधिकारीको कागजात इसेवामा अपलोड पश्चात समिट गरेर नगर प्रमुख टिकाराम खडकाले उद्घाटन गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख खडकाले अधिकाँस घरहरु पुराना संरचनामा निर्माण भएका कारण जोखिम पनि उत्तिकै हुने भएकाले बिमा गरायर सुरक्षीत हुन नगरवासीलाइ आग्रह गर्नुभयो । घरको बिमा कार्यक्रम न्युनतम १० लाख देखि एक करोड रुपैयाँसम्मको रहेको छ । २८ लाखको वार्षिक ११ सय ६१ र एक करोडको वार्षिक ४५ सय रुपैयाँ तिनुपर्ने हुन्छ । शिखर इन्सुरेन्सले ल्याएको घरको बिमा कार्यक्रम इसेवा मार्फत घरमै बसीबसी सहज रुपमा गर्न सकिने इसेवाका ओमकार पाण्डेले जानकारी दिनुभयाे ।
घर बीमाले आगलागी, हावा तथा पानी, चट्याङ, पहिरो, भुइँचालो तथा विस्फोटनको कम्पन, जमीन भासिने, आकाशमा उड्ने वस्तु, सवारी साधन, जनावर, अन्य घर वा भौतिक संरचनाको धक्का, हुलदङ्गा, घर र वा घर परिसरमा भएको चोरी, लुटपाट आदि कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्छ ।नगद र गरगहना भने बिमाको क्षतिपूर्ति भित्र नपर्ने बताइएको छ ।
कार्यक्रमका सहभागीले घरको बिमा जस्तै कृषि, उद्यम लगायतका क्षेत्रमा गरिने बिमालाई पनि सहज बनाउनु पर्नेमा जोड दिएका थिए । कतिपय व्यक्तीले कोभिडको समयमा गराएको बिमा नपाएको र भुक्तानी गर्दा समेत झण्जटीलो प्रकृया हुने गरेकाले मानिसको आकषण घट्दै गएकाले यसफर्त बिमा कम्पनी थप सजग हुन आवश्यक रहेको औल्याएका थिए ।
वन वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षामा भएको कार्यक्रममा शिखर इन्सुरेन्सका रविकीरण केसी, यूएसए आइडी तयार नेपालका प्रमुख श्रमलाल चौधरी, विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, कृषी शाखा प्रमुख धनराज गौतम, स्वास्थ्यकर्मी विष्णु गिरी लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।